राजनीति

कम्यूनिष्ट आन्दोलन खडेरीको दुबो जस्तै फेरी मौलाउने प्रदीप ज्ञवालीको दाबी

Banner

काठमाडौं, वैशाख ९ –

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले कम्यूनिष्ट आन्दोलन खडेरीको दुबो जस्तै फेरी मौलाउने दाबी गरेका छन् ।

नेपाल कम्यूनिष्ट पार्टीको स्थापनाको ७७औँ वर्षको अवसरमा नेता ज्ञवालीले स्थापनाकाल देखि नै विभिन्न धक्का,विभाजन र विरोध भाषा खेपे पनि यो आन्दोलन दुबो जस्तै हरेक खडेरी र दलनलाई चिर्दै पुन मौलाउँदै आएको दाबी गरेका हुन् ।

ज्ञवालीले विगतको वर्ष कम्यूनिष्ट आन्दोलनका लागि सुखद नरहेको बताएका छन् । उनले यो असाधारण धक्कालाई आधार बनाएर केही व्यक्तिले आन्दोलन समाप्त भएको घोषणा गरेको उनले उल्लेख गरेका छन् ।

‘बिचार धाराको मृत्यु र इतिहासको अन्त्यको घोषणा गर्ने फुकुवामा अचेल आफ्ना भविष्यवाणीप्रति पछुताउदैछन् । हाम्रा फुकुयामाहरुका भविष्यवाणी पनि व्यर्थ साबित हुनेछन् । किनभने कम्यूनिष्ट आन्दोलनको स्थापना,अस्तित्व र भविष्य कसैको व्यक्तिगत इच्छाबाट होइन,समाजको ऐतिहासिक विकास क्रम,वर्ग संरचना र रूपान्तरणको वस्तुगत आवश्यकताबाट निर्दिष्ट छ,’ ज्ञवालीले लेखेका छन् ।

ज्ञवालीले कम्यूनिष्ट आन्दोलनले खेपेको वर्तमान धक्का र चुनौतीलाई सामान्य रूपमा लिने छुट आफूहरूलाई नभएको उल्लेख गरेका छन् । बरु पार्टी स्थापनाका बेलाका अभिभारा पुरा गर्नका लागि संकल्प गर्ने दिनका रूपमा आजको दिनलाई सम्झनु पर्ने उनको भनाइ छ ।

‘वर्तमानका धक्का र चुनौतीलाई सामान्य रूपमा लिने छुट हामीलाई छैन ।यसले हामीबाट निर्मम आत्मसमिक्षा,संरचनागत पुन संरचना,नयाँ डाइनामिक्सलाई बुझ्न र सामना गर्न सक्ने नयाँ ऊर्जाको माग गरिरहेको छ,’ ज्ञवालीले लेखेका छन् ‘७७औँ स्थापना दिवसको सन्दर्भमा संकल्प गरौँ हामी यी अभिभारा पूरा गर्दै आन्दोलनलाई नयाँ जीवन दिनेछौँ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>