राजनीति

विद्यार्थी संगठन र स्ववियु खारेजीको निर्णय गर्नु सरकारको अधिनायकवादी कदमः पूर्णबहादुर खड्का

Banner

काठमाडौं, वैशाख ८

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले विद्यार्थी संघसंगठनहरू र स्ववियु खारेज गर्ने निर्णय गर्नु सरकारको अधिनायकवादी कदम भएको बताएका छन्।

आज एक विज्ञप्ति जारी गर्दै खड्काले भनेका छन्, ‘जुन लोकतान्त्रिक स्वतन्त्रताको उपयोग गरेर आज सरकारमा बालेन शाहजस्ता युवा नेतृत्व स्थापित भएका छन् त्यही सरकारबाट लोकतन्त्रको नर्सरी मानिने विद्यार्थी संघसंगठन र स्ववियुको अस्तित्वमाथि प्रहार गरी खारेज गर्ने निर्णय गर्नु आफैमा विरोधाभाषपूर्ण मात्र होइन, सरकारको अधिनायकवादी कदमका रूपमा बुझ्न बाध्य भएका छौं।’

उनले सुधारको नाममा इतिहासको अपमान गर्ने र लोकतन्त्रको आधारस्तम्भ भत्काउने कामहरू बन्द गर्न पनि आग्रह गरेका छन्। इतिहास सम्मान र लोकतन्त्र रक्षाका लागि विद्यार्थी शक्ति पुनस् सडकमा उत्रन बाध्य भएमा त्यसबाट हुने परिणामको जिम्मा स्वयम सरकारले ब्यहोर्नुपर्ने पनि खड्काको भनाइ छ। सरकारले शासकीय सुधार कार्यसूचीअन्तर्गत विद्यालय तथा विश्वविद्यालय परिसरमा दलनिकट विद्यार्थी संगठन राख्न नदिने र स्ववियुको सट्टा विद्यार्थी काउन्सिल बनाउने तयारी गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>