राजनीति

स्थानीय तह उम्मेदवार छनोटको रूपरेखा बनाउन रास्वपाले दियो विपिन आचार्यलाई जिम्मेवारी

Banner

काठमाडौं, वैशाख ७

राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा तयार पार्न सहमहामन्त्री विपिन आचार्यलाई जिम्मेवारी दिएको छ। सोमबार बसेको सचिवालय बैठकले स्थानीय तह उम्मेदवार क्लब गठन गर्ने निर्णय गरेको छ। यस्तै उम्मेदवार छनोट गर्न कार्यविधि नै तयार गर्ने गरी सहमहामन्त्री आचार्यलाई जिम्मेवारी दिएको हो।

आचार्यले यसअघि संघीय संसदको निर्वाचनमा पनि उम्मेदवार छनोटको रूपरेखा तयार पारेका थिए। त्यसलाई अझ परिस्किृत र वैज्ञानिक तुल्याउँदै गृहकार्य गर्नेगरी उनले जिम्मेवारी पाएका छन्। रास्वपाले लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशिता, प्रारम्भिक निर्वाचन, यी पिलरका आधारमा उम्मेदवार छनोट गर्ने गर्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>