राजनीति

१६ सदस्यीय बन्यो रास्वपा सचिवालय, थपिए सागर ढकाल र श्री ज्ञवाली

Banner

काठमाडौं, वैशाख ७-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय विस्तार गरिएको छ । सभापति रवि लामिछानेको प्रस्तावमा सोमबार बसेको केन्द्रीय समिति बैठकमा दुई जना सदस्य थप गरिएको हो । यो सँगै रास्वपाको सचिवालय संख्या १६ पुगेको छ । यसअघि रास्वपा सचिवालयमा १४ जना सदस्य थिए ।

प्रवक्ता मनिष झाका अनुसार, सोमबार सागर ढकाल र श्री ज्ञवालीलाई सचिवालयमा राख्ने प्रस्ताव सभापति रवि लामिछानेले गरेका थिए । उक्त प्रस्ताव बैठकबाट पारित भएको प्रवक्ता झाले जानकारी दिए । अब सचिवालयमा सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, भूपदेव साह, सहमन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्ष बसुमाया तामाङ, प्रवक्ता मनिष झा, सचिवालय सदस्यहरुमा गणेश पराजुली दिपक बोहोरा बिराज भक्त श्रेष्ठ, शिशिर खनाल, सोबिता गौतम, हरि ढकाल, सागर ढकाल र सरिता श्री ज्ञवाली रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>