अन्तर्राष्ट्रिय

भारतमा मिनिबस दुर्घटना :  १० जनाको मृत्यु

Banner

नयाँ दिल्ली,वैशाख ५ –

दक्षिणी भारतीय राज्य तमिलनाडुको एउटा खोलामा खसेर मिनिबस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । अरू केही यात्री घाइते भएका अल इन्डिया रेडियो (एआईआर)ले जनाएको छ ।

छिमेकी राज्य केरलबाट तमिलनाडुमा घुम्नका निम्ति आएका मानिस सवार मिनिबस दुर्घटना भएको जनाइएको छ । आकाशवाणीका अनुसार, दुर्घटना हुँदा गाडीमा केरलका १६ यात्रु सवार थिए ।

दुर्घटनाको कारण हालसम्म थाहा हुन नसकेको उल्लेख गर्दै प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान थालिसकेकोे जनाएको छ । रासस/सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>