देश/प्रदेश
एसइई दिएका विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै गाउँपालिका
०

मान्म (कालीकोट), वैशाख ५-
यहाँको महावै गाउँपालिकाले एसइई दिएर बसेका विद्यार्थीलाई शैक्षिक परामर्श दिएको छ ।
उनीहरुको भविष्य मार्गदर्शन गर्ने किसिमको शैक्षिक परामर्श गाउँपालिकाले दिएको हो । एसइई दिएर बसेका विद्यार्थीले आगामी दिनमा कसरी अगाडि बढ्ने, कहाँ–के पढ्ने ? भन्नेबारे परामर्श दिएको गाउँपालिकाले जनाएको छ ।
एसइई दिएका विद्यार्थी, तिनका अभिभावक र शिक्षकलाई साथै राखेर परामर्श दिइएको गााउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो । “बालबालिकालाई उचित मार्गदर्शन गर्नसके सही बाटो रोज्न सक्छन्”, उहाँले भन्नुभयो, “विद्यार्थी, शिक्षक र अभिभावक र सरोकारवालाबीच अनुभव साटासाट महत्त्वपूर्ण भएको छ ।”
बालबालिकाको रुचि, चाहना, भविष्यको लक्ष्य, उचित विकल्पबारे विद्यार्थीसँग छलफल गरिएको मनोविमर्शकर्ता खडानन्द चौलागाईले बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























