देश/प्रदेश
विमानस्थलबाट गाँजाको तेल सहित अमेरिकी नागरिक पक्राउ
०

काठमाडौं, वैशाख ५-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी नागरिक प्रकाउ परेका छन् । प्रहरीले ‘गाँजाको तेल’सहित विमानस्थलबाट अमेरिकी नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ४६ वर्षीय ओग्नियन पेट्रोभ रहेका छन् । विमानस्थलमा उनको लगेज जाँच गर्दा ‘गाँजाको तेल’ फेला परेको विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालले जानकारी दिए ।
उनी शुक्रबार ९वैशाख ४० दिउँसो करिब १ बजे एयर इन्डियाको विमानमार्फत भारतको दिल्ली जान लागेका थिए । त्योसँगै पक्राउ गरेर अमेरिकी नागरिक पेट्रोभलाई लागुऔषध नियन्त्रण ब्युरोको जिम्मा लगाइएको एसपी सिलवालले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























