देश/प्रदेश

धनुषामा एक पुरुषको शव फेला

Banner

धनुषा, वैशाख ४ –

धनुषामा एक पुरुषको शव फेलापरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाका अनुसार बटेश्वर गाउँपालिका–४ स्थित बाँसघारीमा एक पुरुषको शव फेला परेको हो । शव बटेश्वरकै स्थानीय ६० वर्षीय जगतबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज सोही वडाका जगदीश रविदासको बाँसघारीमा थापाको शव फेलापरेको हो । मृतकका छोरा अमित थापाका अनुसार उनी बुधबार साँझदेखि घरबाट बेपत्ता भएका थिए । बेपत्ता हुनुअघि उनले मादक पदार्थ सेवन गरेको जानकारी दिइएको छ ।

शव फेलापरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धानका आधारमा अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । शवको प्राकृतिक मुचुल्का उठाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>