चितवन विशेष

दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

Banner

काठमाडौं, वैशाख ३-

सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ। प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले खड्कालाई थुनामा राख्नु ‘गैरकानुनी’ भएको ठहर गर्दै तत्काल रिहा गर्न आदेश दिएको हो।

अदालतले खड्कालाई रिहा गरे पनि मुलुकबाहिर जानुअघि पूर्वस्वीकृति लिनुपर्ने सर्त राखेको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार खड्काले विदेश जानुपर्ने अवस्था आएमा अनिवार्य रूपमा अनुमति लिनुपर्ने आदेशमा उल्लेख छ। खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले खड्काको पक्राउ र म्याद थप प्रक्रिया कानुनसम्मत नदेखिएको निष्कर्ष निकालेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित पाँच निकायलाई विपक्षी बनाएर दायर गरिएको उक्त रिटमा सर्वोच्चले खड्काको पक्षमा फैसला सुनाएको हो। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले खड्कालाई पक्राउ गरेको थियो। सर्वोच्चको आदेशसँगै खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने कानुनी बाटो खुलेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>