अन्तर्राष्ट्रिय

ट्रम्पको दाबी: इजरायल र लेबनानबिच ३४ वर्षपछि वार्ता हुँदै

Banner

अमेरिका, वैशाख ३-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबिचको वार्तालाई राहतको अवसर सिर्जना गर्ने प्रयासको रूपमा वर्णन गरेका छन्।

ट्रुथ सोसियलमा रहेको एक पोस्टमा ट्रम्पले लेखेका छन्, ‘इजरायल र लेबनानबिच केही सहजता सिर्जना गर्ने प्रयास भइरहेको छ। दुई नेताहरूले कुरा गरेको धेरै समय भइसक्यो- लगभग ३४ वर्ष। त्यो कुराकानी भोलि हुनेछ।’

यद्यपि, एक लेबनानी अधिकारीले बीबीसीलाई ट्रम्पको दाबीलाई अस्वीकार गरिएको बताए। उनले भने, ‘लेबनानलाई इजरायलसँगको सम्भावित वार्ता कहिले हुन्छ भन्ने बारेमा कुनै जानकारी छैन।’

यसअघि अप्रिल १४ मा लेबनान र इजरायलले लगभग ३४ वर्षमा पहिलो पटक कूटनीतिक वार्ता गरेका थिए, जसको उद्देश्य इजरायल र इरान समर्थित हेजबुल्लाह समूहबिच जारी लडाईं अन्त्य गर्नु थियो।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वार्ताको मध्यस्थता गर्दै यो हिज्बुल्लाहको प्रभाव अन्त्य गर्ने ऐतिहासिक अवसरु भएको बताए।

अमेरिकाले दुवै पक्ष प्रत्यक्ष वार्ता सुरु गर्न सहमत भएको बताएको थियो, जसको समय र स्थान पछि तय गरिनेछ।

ट्रम्पले आफ्नो पछिल्लो पोस्टमा यसबारे जानकारी दिएका छन्।

इजरायल र लेबनानबीच कुनै कूटनीतिक सम्बन्ध छैन, अन्तिम उच्च-स्तरीय प्रत्यक्ष वार्ता १९९३ मा भएको थियो।

मार्च २ मा इजरायली सेनाले लेबनानमा आफ्नो कारबाही सुरु गरेदेखि २,००० भन्दा बढी मानिसहरू मारिएका छन्। यो कारबाही अमेरिका र इजरायलीले इरानमा आक्रमण गरेको केही दिनपछि सुरु भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>