राजनीति
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय
०

काठमाडौं, वैशाख ३-
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाले निर्णय गरेको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय लिएको हो । प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ ।
उता कांग्रेसले लेखा समितिको सभापतिमा मोहन आचार्यलाई अघि सार्ने तयारी गरेको छ । यसैबीच लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय भएको नेकपा प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















