देश/प्रदेश

तेह्रथुमका आठ जना पत्रकार पुरस्कृत

Banner

तेह्रथुम, वैशाख २-

नेपाल पत्रकार महासङ्घ तेह्रथुम शाखाले जिल्लाका आठ जना पत्रकारलाई सम्मान गर्नुका साथै पुरस्कार पनि प्रदान गरेको छ ।

शाखाले आठ हजार राशिको भगवान्मान श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार पत्रकार नरेश ढुङ्गानालाई प्रदान गरेको हो ।

तेह्रथुम विकास पत्रकारिता पुरस्कारबाट पत्रकार रुद्र गुरागाईं पुरस्कृत हुनुभएको छ । उहाँलाई पाँच हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो ।

यसैगरी, तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कारबाट रेडियो मेन्छ्यायेममा कार्यरत पत्रकारहरु सविना लुम्फुङ्वा, सोनी लिम्बू, कृतिका लिम्बू, शारदा बाँस्कोटा र रिजु कार्कील र रेडियो तिनजुरेमा कार्यरत मोनिका बराइलीलाई प्रदान गरिएको छ ।

आज यहाँ आयोजित एक समारोहमा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गुमानसिंह इस्बो, विशेष अतिथि, प्रमुख जिल्ला अधिकारी बन्दना राई र शाखाका अध्यक्ष टिआर सेनेहाङले संयुक्त रूपमा पुरस्कार प्रदान गर्नुभएको हो ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घ तेह्रथुमले प्रकाशन गरेको २०८३ सालको भित्तेपात्रोको विमोचनसमेत गरिएको महासङ्घ तेह्रथुम शाखाका सचिव कृष्ण विदुखी गौतमले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>