राजनीति

ओली आइसियुमै, केही दिन अस्पतालमै रहने

Banner

काठमाडौं, वैशाख १-

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सघन उपचार कक्ष (आइसियु) मै राखिएको छ। सोमबार उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पित्तथैलीको शल्यक्रिया गरिएको थियो। अध्यक्ष ओलीको स्वास्थ्य स्थिति सुधार क्रममा रहेको उनको सचिवालयले जानकारी दिएको छ।

ुपूर्वप्रधानमन्त्री ओली अहिले आइसियुमै हुनुहुन्छ। सम्भवतः भोलि वार्डमा सारिन्छ। उहाँ केही दिन अस्पतालमै रहने चिकित्सहरूले बताएका छन्,ु ओलीको सचिवालय सदस्यले भने। त्रिवि शिक्षण अस्पतालका नेफ्रोलोजी विभाग प्रमुख प्राडा दिव्यासिंह शाह, प्राडा महेशराज सिग्देलको टोलीले उनको शल्यक्रिया गरेको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>