देश/प्रदेश

आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो

Banner

सुर्खेत, चैत २९-

जाजरकोटमा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा घाइते भएका तीन जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

आइतबार बिहान खाना पकाउने ग्यास लिक हुँदा नलगाड नगरपालिका–२ थालुप्रसाद जैसीका श्रीमती, छोरा र साली घाईते भएका हुन् । भान्सामा ग्यास बाल्न खोज्दा भएको आगजनीमा उनीहरु घाईते भएका हुन् ।

भान्सा कोठामा लाइटरले आगो बाल्ने क्रममा अचानक आगलागी भएको र आगलागीमा परी ठालु प्रसाद जैसीकी श्रीमती माया, उनका २२ वर्षीय छोरा गणेश र मायाकी ३७ वर्षीया बहिनी रुपा जैसी घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक एकबहादुर नेपालीले जानकारी दिए ।

घाईतेलाई नलगाड नगर अस्पतालमा उपचार गरिएपछि नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरुलाई नेपालगन्ज पठाइएको हो । घाइतेमध्ये दुई जना महिलाको अवस्था गम्भीर रहेको नगर अस्पतालका प्रमुख डा।विशाल उप्रेतीले जानकारी दिए । प्राथमिक उपचारपछि थप उपचारका लागि रेफर गरिएको उनले बताए । न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>