देश/प्रदेश
मकवानपुरमा भिरबाट लडेर महिलाको मृत्यु
०

काठमाडौं,,चैत २९-
मकवानपुरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-१४ नयाँबस्तीटोल निवासी ३५ वर्षीया सन्तोषी वाइवाको भिरबाट लडेर मृत्यु भएको हो ।
शनिबार बिहान ९ बजे घाँस काट्न जाने भन्दै घरबाट निस्किएकी उनी अबेरसम्म नफर्किएपछि परिवारजनले खोजी सुरु गरेका थिए ।
खोजतलासका क्रममा माइती घरदेखि करिब २०० मिटर दक्षिणतर्फ रहेको खहरे खोलानजिकको सिमलटार क्षेत्रको भिरबाट करिब ५०-६० मिटर तल गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन् ।
घाइते अवस्थामा फेला परेपछि उनलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । तर, दिउँसो १२ः४० बजे अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























