देश/प्रदेश
लागू औषधसहित ४ जना पक्राउ
०

काठमाडौं,चैत्र २९-
लागू औषधसहित विभिन्न स्थानबाट ४ जना पक्राउ परेका छन् ।
नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट लागूऔषध गाँजा करिब १८ किलो ६८८ ग्रामसहित सोही ठाउँ बस्ने ६० वर्षीया बेली बनियालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
ललितपुरको गोदावरी नगरपालिका-५ लेलेबाट लागूऔषध गाँजा करिब ३० किलोग्रामसहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ लेले घर भएका ४० वर्षीय किरण कुमार परियार, ३१ वर्षीय निर्मल घलान र ५९ वर्षीय राज कुमार सुन्दास रहेका छन् ।
प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























