चितवन विशेष

चितवनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु

Banner

चितवन, चैत्र २८

चितवनको भरतपुर महानगरपालिका–५ सापकोटा चोकमा शनिबार दिउँसो भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मोटरसाइकल र स्कुटर एकआपसमा ठक्किँदा बारा घर भई भरतपुर बस्ने २७ वर्षीय जय श्रीराम रायको ज्यान गएको हो।

प्रहरीका अनुसार प्र।२–०३–००१ प ६८१० नम्बरको मोटरसाइकल र प्र।३–०३–००१ प १४१३ नम्बरको स्कुटर एकापसमा ठक्कर खाएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रायको भरतपुर सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटरमा सवार अर्का एक जना पनि घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले स्कुटर चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>