चितवन विशेष

चितवन निकुञ्जमा आर्मीले चलाएको गोली लागेर गैँडाको मृत्यु

Banner

चितवन, चैत्र २७
चितवन राष्ट्रिय निकुञ्जमा आर्मीले आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु भएको छ।
हिजो (बिहीबार) निकुञ्जको कोर क्षेत्रमा गस्तीमा गएको समयमा अचानक गैंडाले सीपाईलाई आक्रमण गरेपछि आत्मरक्षाका लागि गोली चलाउँदा अन्दाजी २४ वर्षको पोथी गैँडाको मृत्यु भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार सोही गस्तीमा गएका कमाण्डरले गैँडा धपाउनका लागि १० राउड हवाई फायर गरेका थिए। त्यसपछि पनि नभागेपछि कमाण्डरको आदेशमा अर्का एक जनाले चार राउण्ड गोली चलाएका गरेका थिए। त्यसपछि पनि गैंडाले आक्रमण गरेको हुँदा घाइते सिपाहीलाई बचाउनका लागि थप २ राउण्ड गोली चलाउँदा एउटा गोली गैँडाको पेट भन्दा माथि लागेर मृत्यु भएको निकुञ्जले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मृतक गैँडाको पोष्टमार्टम गरिसकिएको छ भने घाईते सिपहिलाई उपचारका लागि हेलिकप्टरबाट वीरेन्द्र अस्पताल छाउनीमा लागिएको निकुञ्जका संरक्षण अधिकृत अभिनाश थापा मगरले जारी गरेको विज्ञप्तिमा समेटिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>