राजनीति
अर्जुननरसिंह केसीलाई संसदीय दलमा दाबी छोड्न विश्वप्रकाशको आग्रह
०

पोखरा, चैत्र २७-
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संसदीय दलमा दाबी छोड्न नेता अर्जुननरसिंह केसीलाई आग्रह गरेका छन् । कास्कीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले केसीलाई सबैको साझा अभिभावक बन्न आग्रह गरे ।
कांग्रेस संसदीय दलको भूमिकामात्रै नखुम्चिन केसीलाई उपसभापति शर्माको सुझाव छ । ुुउहाँले कांग्रेस संसदीय दलको नेता स्वयं बन्न चाहँदा हामीले हुन्न भन्न अप्ठ्यारो हुन्छ नै । त्यसैले हाम्रो अपेक्षा नेताको पदबाट राजनेता बन्ने मार्ग उहाँले अपनाउनु समयानुकूल हुन्छ,ुु उनले भने । संसद्को सबैभन्दा ज्येष्ठ सदस्यको हैसियतमा केसी सबै दलको अभिभावक बन्नुपर्ने उनको भनाइ छ ।
पार्टीले केसीलाई सबै दलको साझा अभिभावका रूपमा हेर्न चाहेको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















