राजनीति

अस्पतालले भन्यो– ओलीलाई तत्काल ‘डिस्चार्ज’ गर्न मिल्दैन

Banner

काठमाडौं,चैत २६-

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल ‘डिस्चार्ज’ गर्न नमिल्ने अस्पतालले जनाएको छ । हाल उनी काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । प्रहरीले नियन्त्रणमा लिएपछि स्वास्थ्यमा समस्या देखिँदा उनलाई उक्त अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीले बिहीबार ९चैत २६० बिहान उनलाई परिवारको जिम्मा लगाएर छाडिसकेको छ ।

ओलीको पित्तथैलीमा समस्या देखिएको छ । पिसाबमा पनि संक्रमण रहेको अस्पतालले जनाएको छ । “उहाँ (केपी ओली)को स्वास्थ्यमा सुधार भइसकेको छैन । अझै केही दिन अस्पतालमा चिकित्सकको निगरानीमा राख्नुपर्छ,” अस्पतालका सहप्रवक्ता कालीबहादुर रोस्याराले भने, “आजै डिस्चार्ज सम्भव छैन ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>