चितवन विशेष
समस्या ग्रस्त सहकारीको अवस्था बुझ्दै सहकारी मन्त्री रायमाझी

काठमाडौँ, चैत्र २५-
समस्या ग्रस्त सहकारी पिडितहरु मध्ये जेष्ठ नागरिकहरूलाई प्राथमिकतामा राखेर काम गर्न बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले निर्देशन दिनुभएको छ । उहाँले मंगलवार बागमती प्रदेशमा रहेका समस्याग्रस्त सहकारीहरूको अवस्थाबारे कार्यलय अनामनगरमा नै पुगेर जानकारी लिदै यस्तो निर्देंशन दिनुभएको हो।
सो क्रममा उहाँले समस्याग्रस्त सहकारी पिडितका गुनासोहरू सुन्नु हुदै सहकारी पिडितका रकम मापदन्ड र प्राथमिकताका आधारमा फिर्ता गराउन मन्त्रालय लागिरहेको बताउनुभयो । सो क्रममा बाग्मती प्रदेश स्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद सिग्देल त्यसैगरी सदस्यहरू नेत्रराज पौडेल, निशा न्यौपाने , रामेश्वर ढकाल लगायतको उपस्थिति रहेको थियो ।
बागमती प्रदेशमा पाँचवटा सहकारीहरूलाई समस्याग्रस्त सहकारीको रुपमा घोषणा गरिएको र त्यसको अवस्थाबारे मापदण्ड आधारमा कार्यहरु अगाडि बढाइरहेको समितिका सदस्य सचिव प्रविण खनालले जानकारी दिनुभयो । बचतकर्ताको रकम अपचलन र आर्थिक अनियमितता गरेका सहकारीलाई बागमती प्रदेश सहकारी मन्त्रालयले समस्या ग्रस्त सहकारीको रुपमा घोषणा गरेको छ।
























