राजनीति

आदिवासीमाथि भएको विभेद सच्याउन सरकारसँग सांसद तामाङको माग

Banner

काठमाडौं,चैत २५ –

नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङले आदिवासी समुदायमाथि भएको विभेदप्रति सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले गोर्खा राज्य विस्तारको क्रममा आदिवासी समुदायको पुर्खेली भूमि खोस्ने ,मातृभाषा निषेध गर्ने, धर्म र संस्कृति प्रति घृणा गर्ने र राज्यसत्ताबाटै बञ्चित गरिएको गुनासो गरे ।

सांसद तामाङले विगतमा बनेका जातीय कानुनहरूले आदिवासी समुदायमाथि गम्भीर अन्याय गरेको पनि बताए ।

उनले भने, ‘म यस्तो समुदायप्रति सदन र सरकारको ध्यान आकर्षण गर्दछु, जसको गोर्खा राज्यले दिन एकबाटै स्वशासन र पुर्खेली भूमि खोस्यो, मातृभाषा निषेध ग¥यो, हाम्रो धर्म र संस्कृति प्रति घृणा ग¥यो, राज्यसत्ताबाटै बञ्चित ग¥यो । त्यतिमात्र होइन ,राज्यले मासिन्य मतवाली मार्न मिल्ने र दास बनाउन पाइने जातीय कानुन बनाएर मानव भएर बाँच्न पाउने अधिकार छिन्यो । अझै पनि आदिवासीहरू त्यो उत्पीडित र विभेदको भारीबाट मुक्त भइसकेको छैनन् । म त्यही मासिन्य मतवालीहरूको बचेको अस्तित्वको प्रतिनिधि हुँ ।’

उनले राज्यको तर्फबाट विभिन्न जाति बीचको मेलमिलाप र एकता सम्बर्धनका गर्न इतिहासको त्रुटि सच्याउन सरकारसँग माग गरे । न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>