राजनीति
राष्ट्रियसभाका उपाध्यक्ष भण्डारी पार्टीको जिम्मेवारीबाट अलग
०

काठमाडौँ, चैत २५ –
राष्ट्रियसभाको नवनिर्वाचित उपाध्यक्ष लीलाकुमारी भण्डारीले निष्पक्षता र तटस्थता कायम गरी काम गर्ने प्रतिबद्धतासहित विगतमा आफूले लिँदै आएको दलीय राजनीतिक जिम्मेवारीबाट अलग भएको जानकारी दिनुभयो ।
उपाध्यक्ष भण्डारीले आज विज्ञप्ति जारी गरेर सो जानकारी दिनुभएको हो । नेकपा (एमाले)बाट निर्वाचित भण्डारी सो पार्टीको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँ यही चैत २३ गते राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















