राजनीति

प्रयोगविहीन भवनहरूको सदुपयोग गर्न सरकारलाई सांसद कार्कीको आग्रह

Banner

काठमाडौं,चैत २५ – –

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नितिमा भण्डारी कार्कीले देशभर निर्माण भएका तर प्रयोगमा नआएका पूर्वाधार संरचनाहरूको सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लगानी भएका र प्रयोग हीन भवन सर्लाही जिल्ला लगायत नेपाल भरी प्रयोगविहीन अवस्थामा रहेको बताइन् ।

उनले भनिन्, ‘नेपालका विभिन्न ठाउँको भिउटाव भवन लगायत प्रतिफल तथा विना दिगोपनको पुर्वधार देखेका छै । लगानी भएका र प्रयोग हीन भवन सर्लाही जिल्ला मधेस प्रदेश लगायत नेपाल भरी धेरै छन् । त्यस्ता प्रयोगमा न आएका भवन तथा पूर्वदारहरू उचित समयमा सदुपयोग गर्न आवश्यक छ ।’

उनले सरकारलाई यस्ता भवन तथा पूर्वाधारहरूको व्यवस्थापन तथा सदुपयोगमा ल्याउन आग्रह गरिन् । न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>