राजनीति
सङ्घीयता सबलीकरण समितिको सभापतिमा जयन्तीदेवी राई निर्वाचित
०

काठमाडौँ,चैत २४ –
राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई निर्वाचित भएकी छन् ।
मंगलबार समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रको सभापतित्वमा बसेको बैठकले नेपाली कम्युनिस्ट पार्टीकी राईलाई सभापतिमा चयन गरेको हो ।
ज्येष्ठ सदस्य सभापति मिश्रले बैठकमा राईलाई समितिको सभापति चयन गर्नको लागि एक मात्रै प्रस्ताव पेस भएकोले निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
उनले भने, ‘सभापतिमा निर्वाचित गरियोस् भन्ने एक मात्रै प्रस्ताव प्राप्त भएकोले राष्ट्रिय सभा नियमावली २०७५ को नियम १ सय ५० को उपनियम ४ बमोजिम माननीय सदस्य जयन्तीदेवी राई यस सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु ।’ न्यूज बैंक
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























