चितवन विशेष

चितवनको होटल पौवामा ‘स्वाद उत्सव’ आयोजना हुँदै

Banner

चितवन, चैत्र २४–

चितवनको होटल पौवामा तीन दिनसम्म ‘स्वाद उत्सव’ हुने भएको छ । आफ्नो १० औँ वार्षिकोत्सवको अवसरमा यही चैत्र २६ गतेदेखि २८ गतेसम्म ‘स्वाद उत्सव’को आयोजना गरिएको आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । तीन दिनसम्म चल्ने उत्सवमा छ परिकारका वस्तुको स्वाद लिन पाइने होटल पौवाका ब्राण्डिङ विभाग प्रमुख विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

‘पहिलो दिन भेज र ननभेज सहितका दुई प्रकार राखिन्छ । तीनदिनसम्म मरसुम टकाटक, फिस टावा, पुदिन चिफ, पनिर अकबरे, बटर चिकन, हनि चिल्ली पोटाटो लगायतका परिकारहरु चाख्न पाइन्छ।’–उहाँले भन्नुभयो । रुपन्देहीको सालभण्डीस्थित सानो घरको सात कोठाबाट प्रारम्भ भएको होटल पौवा अहिले देशका २० स्थानमा शाखा विस्तार गरेको छ । बार्षिकोत्सवका अवसरमा सबै शाखामा स्वाद सदनको कार्यक्रम समेत राखिएको आयोजकले जानकारी दिएको छ ।

होटल पौवाले यसअघि पनि १५ हजारभन्दा बढीलाई निःशुल्क स्वाद सदन गराएको थियो । अहिलेसम्म ६ हजारभन्दा बढीलाई निमन्त्रणा काड पठाइएको उहाँले बताउनुभयो । यसैबिच नेपाली कला संस्कृति र परम्परालाई विविध कार्यक्रम मार्फत पबद्र्धन गर्दै आएको होटल पौवाले नेपाली नयाँ वर्ष २०८३को स्वागतको अवसरमा चैत्र ३० गते सांस्कृतिक कार्यक्रम राखिएको उहाँले बताउनुभयो ।

दशैपछिको पूर्णिमाको सराय नाच, तिहारको देउसी भैली, माघीको खिचडी, महाशिवरात्री जस्ता पर्वहरुमा ग्राहकहरुको उपस्थितीमा पौवाका शाखाहरुमा विशेष उत्सव हुँदै आएको छ । बार्षिकोत्सवको अवसरमा आयोजना हुने स्वाद उत्सव कार्यक्रममा सहभागी भई नेपाली स्वाद र आतिथ्यको अनुभव लिन सम्पूर्ण ग्राहक तथा सरोकारवालाई अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>