स्वास्थ्य

तौल घटाउन खोज्दै हुनुहुन्छ ? आहारमा राख्नुस् यी सलाद

Banner

काठमाडौं,चैत २४ –

मोटोपन रोगको प्रमुख स्रोत हो । मोटोपनले मधुमेह, उच्च रक्तचाप र कमजोरी निम्त्याउन सक्छ । कसै–कसैका लागि केहीबेर पनि भोकै रहन निकै गाह्रो हुन्छ ।

दिनभरि केही न केही खाइरहन्छन् र निरन्तर तौल बढिरहन्छ । आजको यस लेखमा प्रोटिन र फाइबरले भरिपूर्ण चार उत्कृष्ट सलाद विकल्पहरू ल्याएका छौँ, जसले भोक कम गर्नेछ र पूर्ण पोषण प्रदान गर्नेछ ।

तौल घटाउन खानै छोड्नु राम्रो होइन, बरु स्वस्थ खानपान छनोट गर्नु जरुरी हुन्छ । पोषणयुक्त खानाले तौल नियन्त्रण गर्न त मद्दत गर्छ नै यसले पूर्ण पोषण पनि प्रदान गर्दछ ।

यसका लागि तपाईं बिहानको खाजामा फलफूलको सलाद खान सक्नुहुन्छ । तर यसका लागि समान पौष्टिक गुणहरू भएका फलफूलहरू लिनुपर्छ । मेवा, तरबुजा र खरबुजा ब्रेकफास्टका उत्कृष्ट विकल्पहरू हुन् । यी फलफूलसँग अन्जिर र दाना (बीउ) मिसाएर पनि खान सकिन्छ । यसले स्वाद त बढाउँछ नै प्रशस्त पोषण पनि प्रदान गर्छ । यसको सेवनले शरीरलाई प्रभावकारी रूपमा डिटक्सिफाइ गर्नेछ ।

बिहान बिहानै फलफूल खान मन पर्दैन भने तपाईंले उच्च प्रोटिनयुक्त सलाद पनि खान सक्नुहुन्छ । अंकुरित दाल, गेडागुडी, गोलभेडा, कागती र प्याजलाई एकसाथ मिसाएर खान सकिन्छ । यसले ऊर्जा र प्रोटिन दुवै प्रदान गर्नेछ । काँचो दाल वा चना काँचै खाँदा अपच हुन सक्छ । पहिले अंकुरित दाल वा चनालाई हल्का उमाल्नुस् ।

दिउँसो तपाईंले काँक्रो, गोलभेडा, चुकन्दर र गाजरको सलाद खान सक्नुहुन्छ । यो फाइबर र भिटामिनले भरिपूर्ण हुन्छ । यो सलाद खाजा खानुभन्दा आधा घण्टा अघि खानुस् । यसले तपाईंको भोक मेटाउनेछ र पर्याप्त पोषण प्रदान गर्नेछ । यसले भोक नियन्त्रण गर्न पनि मद्दत गर्छ ।

राति कुनै पनि अन्न नखानुस् । बरु ग्रीन सलाद खानुहोस् । यो सलाद भेडे खुर्सानी, पालुङ्गो र थोरै मात्रामा चना उमालेर बनाइन्छ । हरियो तरकारी कहिल्यै काँचो खानु हुँदैन। पालुङ्गोलाई पानीमा राम्ररी पखालेर उमाल्नुहोस् । भेडे खुर्सानी पनि पकाउनुहोस् । यी सबैले शरीरलाई पोषण दिनेछन् र भोक नियन्त्रण गर्न मद्दत गर्छन् । एजेन्सी

(थप जानकारीको लागि सधैं विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>