चितवन विशेष

महिला उद्यमीहरुलाई चितवन उद्योग वाणिज्य संघले कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम प्रदान

Banner

भरतपुर, चैत्र २३-

चितवनका उद्योगी व्यावसायीहरुको छाता संस्था चितवन उद्योग वाणिज्य संघले महिला उद्यमीहरुलाई लक्षित गरेर आय कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न भएको छ । तालिम चितवन उद्योग वाणिज्य संघको आयोजना एवम् जिआईजेड आरएसआरएसडि को प्राविधिक सहयोगमा चैत्र ५ र ६ गते भरतपुर गार्डेन होटलमा महिला उद्योगी व्यवसायीहरुलाई आय कर, मूल्य अभिवृद्धि तथा करका नीतिका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले करसम्बद्ध झन्झटहरु जस्तै मिसम्याचमा पर्ने, ननफाईलर रहने, कर चुक्ता लिने, आय विवरण बुझाउने जस्ता विषयमा व्यवसायीले भोगेको समस्याहरु निराकरणका महिला उद्यमीहरुलाई सिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
चितवनका व्यवसायीहरुलाई कर सम्बन्ध हुने समस्या समधानका लागि चितवन उद्योग वाणिज्य संघसँग सहकार्य गरेर कार्यक्रम आयोजना गरेको बताउनु भयो । उहाँले तालिम सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रमका आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत पुण्य विक्रम खड्काले कर प्राणलीलाई पारदर्शी र सुशासन कायम गरी कर कार्यालय र उद्योगी व्यवसायी हातेमालो गर्दै समुन्नत नेपाल निर्माणमा लाग्नुपर्ने बताउनुभएको थियो । उहाँले करका बारेमा बजारमा आएको समस्याका विषयलाई ध्यानमा राखेर सिकाउनु पर्ने बताउदैँ कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै संघँग सहकार्य गरि अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष गोकर्ण कार्कीले सरकारले उद्यमीहरुलाई उद्यमीहरुलाई कालाबजारी लुटेरा जस्तो बनाएको बताउँदै व्यवसायीहरुले तिर्न सधै तयार रहेका छन सरकारले आगामी दिनमा व्यवसायिक वातावरण बनाईदिनुपर्ने बताउनुभयो । दुई दिन सम्म चलेको तालिम चितवन उद्योग वाणिज्य संघका राजश्व सल्लाहकार सिए विमान कार्की, सिए विकास तिवारी, सिए विशाल भट्टराई र सिए कविता चौधरीले कार्यक्रमको मध्यस्तकर्ता गर्न भएको थियो ।

सोही कार्यक्रमको अवसरमा महिला उद्यमीहरुलाई संघका कार्यकारी निर्देशक निलबहादुर के।सी संघले गर्ने कार्यहरु लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रमको उद्घान सत्रमा चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठ, फिनानसियल म्यानेजमेन्ट एण्ड एडमिनिस्ट्रेशन एडभाईजर नविनलाल श्रेष्ठ, संघका उपध्यक्ष दोय नारायण प्रधान, राजन पिया लगायत कार्यसमिति सदस्यहरु, महिला उद्यमी गरी १०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता एवम् महिला उद्यमी समिति संयोजक सुनिता लिगल कर्माचार्यले धन्यवाद ज्ञापन सहित समापन गर्नुभएको कार्यक्रमको उद्घाटन सत्र संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>