राजनीति

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आदेशको तयारी

Banner

काठमाडौं, चैत्र २३-

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सरकारी वकिल र रिट निवेदक दुवैतर्फबाट बहस सकिएसँगै आदेश लेखनको तयारी भइरहेको छ ।

रिट निवेदकतर्फबाट पनि जवाफी बहस सकिएपछि आदेशको तयारी भएको हो । बन्दीप्रत्यक्षीकरण रिटमा आइतबार ९चैत २२० बाट सुनुवाइ सुरु भएको थियो । सोमबार सरकारको प्रतिरक्षामा नायव महान्यायाधिवक्ताहरू संजीवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धव प्रसाद पुडासैनी र उप न्यायाधिवक्ता शान्ति न्यौपानेले बहस गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>