राजनीति
२८ अर्ब ऋण लिनुको कारण सदनमा जानकारी गराउन हर्क साम्पाङको माग

काठमाडौं, चैत्र २२-
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले २८ अर्ब लिनुको कारण र खर्च हुने क्षेत्रबारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै उनले यस्तो माग गरेका हुन् । ऋण लिनुको कारणबारे अर्थमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने उनको माग छ ।
ुुबहुमत ल्याएँ भन्दैमा मन्त्रीहरू मिलेर यस्तो निर्णय गरेर हुँदैन । हरेक कुरा सदनमा जानकारी हुनुपर्छ । यो ऋणको प्रयोजन र खर्चको परियोजनाबारे चित्तबुझ्दो विवरण मन्त्रीले सदनमा जानकारी गराउनुपर्छ,ुु उनको माग छ ।
यस्तै, उनले गृहमन्त्री सुधन गुरुङको पोखरामा २० रोपनी जग्गा रहेको विवरण सञ्चारमाध्यममा सार्वजनिक भएकाले यस विषयमा सत्यतथ्य जानकारी दिन पनि उनले माग गरेका छन् ।
आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले एसियाली विकास बैंक एडीबी र विश्वबैंकबाट २८ अर्ब सहुलियत ऋण लिने निर्णय गरेको थियो ।
























