राजनीति

कलाकार ‘बले’लाई पाँच दिन हिरासतमा राख्न अनुमति

Banner

काठमाडौं, चैत्र २२

कलाकार सागर लम्साल (बले) लाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अनुसन्धानका लागि म्याद गरेको हो। प्रहरीका अनुसार बलात्कार सम्बन्धी औपचारिक जाहेरी भने दर्ता भएको छैन। सामाजिक सञ्जालमा एक युवतीले आरोप लगाएपछि घटना सार्वजनिक भएको थियो। उक्त घटनापछि बलेले ती युवतीको परिवारसँग अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीले हाल घटनाबारे थप अनुसन्धान जारी रहेको र आवश्यक प्रमाणका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने बताएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>