देश/प्रदेश
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
०

काठमाडौँ, चैत २२-
राष्ट्रियसभा उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद लीलाकुमारी भण्डारीले उम्मेदवारी दिनुभएको छ ।
सङ्घीय संसद् सचिवालयको कार्यतालिकाबमोजिम आज उहाँलाई निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता भएको हो ।
उहाँको प्रस्तावकमा एमालेका प्रेमप्रसाद दङ्गाल र समर्थकमा नेपाली कांग्रेसका कृष्णबहादु रोकाया, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मदनकुमारी शाह र जनता समाजवादीका पूजा चौधरी हुनुहुन्छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























