राजनीति

बिरामीलाई औषधि सिफारिस गर्दा ‘ब्रान्ड’ नाम नलेख्न निर्देशन

Banner

काठमाडौं, चैत्र २१-

वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित कम्पनी वा ‘ब्रान्ड’ तोकी नलेख्न निर्देशन गरेको छ । अस्पतालका कार्यकारी निर्देशक प्राडा दिलीप शर्माले चिकित्सकले बिरामीलाई औषधि तथा सर्जिकल सामग्रीको सिफारिस गर्दा कुनै निश्चित कम्पनी ब्रान्ड तोकी नलेखी सबैले बुझ्ने गरी ‘जेनेरिक’ नाम ठूलो अक्षरमा लेख्न आग्रह गरेका हुन् ।

यसरी चिकित्सकले औषधिको सिफारिस गरेपछि चिकित्सकले आफ्नो लाइसेन्स नम्बर राखेर हस्ताक्षरसहित लेख्न आग्रह गरिएको छ । अस्पतालका निर्देशक प्राडा शर्माले औषधिको ‘प्रमोसन’ गर्ने व्यक्ति ९एमआर० लाई कार्यालय समयभित्र प्रवेशमा निषेध गरिएको जानकारी दिए । औषधिको प्रमोसन गर्ने व्यक्ति ९एमआर०लाई कार्यालय समयमा बहिरङ्ग सेवा, आकस्मिक कक्ष तथा शय्यामा प्रवेशमा निषेध गरिएको उनले बताए।

यसैगरी, अस्पतालले अस्पताल हाताभन्दा बाहिरका औषधि पसलबाट औषधि किन्न बिरामीलाई अभिप्रेरित गर्ने र शय्यामा गएर औषधि पसलले ‘भिजिटिङ कार्ड’ बाँड्ने गरेकोसमेत पाइएकाले त्यस्तो कार्य नगर्न सबै कर्मचारीलाई अनुरोध गर्नुभएको छ । यस्तो कार्य गरेको पाइएमा अस्पताल प्रशासनबाट नियमानुसारका कारबाही गर्नेसमेत अस्पतालका कार्यकारी निर्देशक प्रा डा शर्माले बताएका छन्।

यसैगरी, अस्पताल प्रशासनले चिकित्सकले औषधि तथा सर्जिकल सामग्रीको कम्पनी वा ब्रान्ड नमिलेको भनी फिर्ता गरी बिरामीलाई अनावश्यक दुःख दिने कार्य नगर्नसमेत आग्रह गरेको उनले बताए । यदि त्यस्तो दुःख दिने कार्य गरेको पाइएमा संलग्न चिकित्सक, नर्सिंङ तथा अन्य कर्मचारीलाई कारबाही गरिने समेतमा अस्पतालले उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>