राजनीति

उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने हर्कको दाबी

Banner

काठमाडौं ,चैत २१ –

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने दाबी गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत राईले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा खडा गर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ ! हामी महिला उम्मेद्वार खडा गर्दैछौँ ! हेरौँ नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई !  ७ भोट आउँछ कि १८९ ?’

उनले नयाँ भनिएको दलले आफ्नो दलको उम्मेदवारलाई मत दिने विश्वाससमेत व्यक्त गरेका छन् । न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>