राजनीति

वृद्ध भत्ता पाउने उमेर हेरफेरबारे कुनै छलफल भएको छैनः अर्थ मन्त्रालय

Banner

काठमाडौं,चैत २१-

सरकारले वृद्ध भत्ता पाउने उमेरको विषयमा बाहिर आएका विभिन्न टिकाटिप्पणी र हल्लाहरूमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ। अर्थ मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) पाउने उमेरबारे मन्त्रालयमा कुनै पनि छलफल नभएको जनाएको हो।

पछिल्लो समय वृद्ध भत्ता पाउने उमेर बढ्न लागेको भन्दै विभिन्न माध्यमबाट भ्रमपूर्ण सूचनाहरू बाहिरिएपछि मन्त्रालयले आधिकारिक रूपमा यस्तो स्पष्टीकरण दिएको हो। मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, वृद्ध भत्ता पाउने उमेरबारे भएका टिकाटिप्पणीहरूमा कुनै सत्यता छैन। यस सन्दर्भमा मन्त्रालय र माननीय मन्त्रीज्यूले कुनै छलफल समेत नगरेको स्पष्ट पार्न चाहन्छौँ। यसअघि भत्ता पाउने उमेर ७० बाट ७५ बनाउन लागिएको भन्दै भ्रामक प्रचार भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>