देश/प्रदेश

गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की

Banner

काठमाडौं, चैत १९-

जेन–जी आन्दोलनबाट उदाएका युवा नेता जेम्स कार्की गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव (उपसचिव) मा नियुक्त भएका छन्।

काठमाडौं महानगरपालिका–३१ निवासी कार्की जेन–जी आन्दोलन (भदौं २३–२४) देखि नै युवाहरूको नेतृत्व गर्दै निरन्तर सक्रिय रहँदै आएका छन्। निष्पक्ष कार्यशैली, स्पष्ट दृष्टिकोण र नेतृत्व क्षमताका कारण उनले सरकारको महत्वपूर्ण जिम्मेवारी पाएका हुन्।

कार्कीले देश र जनताप्रति पूर्ण वफादार रहने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्। उनी झापा–५ मा सम्पन्न निर्वाचन प्रचार–प्रसारमा समेत अग्रपंक्तिमा रही प्रभावकारी भूमिका निर्वाह गरेका थिए।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा काम गरी प्रशासनिक तथा राजनीतिक अनुभव बटुलेका कार्कीलाई दक्ष, ऊर्जाशील र परिणाममुखी युवा नेताका रूपमा हेरिएको छ।

उनको नियुक्तिले युवा पुस्तामा उत्साह थप्नुका साथै सरकारको कामकारबाहीलाई अझ गतिशील र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>