चितवन विशेष
चितवनको राप्ती नगरपालिकाका मेयरको स्टाटसः घर बस्न दिक्क भो होला, अफिस आउनुस्
०

चितवन, चैत १२-
चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामाले स्टाटस लेख्दै प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय आउन आग्रह गरेका छन् । लामो समयदेखि सम्पर्कविहीन भएका प्रमुख प्रशासकीय अधिकृतलाई मेयर लामाले भावुक स्टाटससहित हाजिर हुन आउन फेसबुकबाट अनुरोध गरेका छन् ।
मेयरले एक महिनादेखि आफ्नो सम्पर्कमा नरहेका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानको फोटो र हाजिर हुन फागुन २५ मा गरिएको ताकेताको पत्र सामाजिक सञ्जालमा राख्दै ‘घर बस्न दिक्क लाग्यो होला, अफिस आउनुस्’ भनेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























