चितवन विशेष

कमेडियन विशाल गौतमले ‘क्ल्यास अफ टङ्स’ हास्य र व्यंग्यको अनौठो रोस्ट शो ल्याउँदै

Banner

चितवन, चैत ८–

युवा कमेडियन विशाल गौतमले ‘क्ल्यास अफ टङ्स’ हास्य र व्यंग्यको अनौठो रोस्ट शो ल्याउँदैछन् । नेपाली मनोरञ्जन क्षेत्रलाई नयाँ स्वाद थप्दै ‘क्ल्यास अफ टङ्स’ नामक रोस्ट शो ल्याउन लागेका हुन् ।

कार्यक्रमका होस्ट विशाल गौतमले आफ्नो प्रस्तुतिमार्फत शोमा विशेष ऊर्जा र आकर्षण थप्नेछन् । कार्यक्रमका लेखकहरू रजनीश अर्याल र आशिष न्यौपानेले धारिलो सामग्रीमार्फत शोलाई अझ प्रभावशाली बनाउने विश्वास गरिएको छ। त्यस्तै, कार्यक्रमको प्रोडक्सन व्यवस्थापनको जिम्मेवारी निरज दाहालले सम्हालिरहेका छन् । जसले सम्पूर्ण उत्पादन प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउने काम गरिरहेका छन्।

‘क्ल्यास अफ टङ्स’ को निर्देशन र निर्माण पनि चितवन निवासी विशाल गौतमले नै गरेका हुन् भने बबिन कार्की सह–निर्माताका रूपमा संलग्न छन्। अनुभवी टिमको संयुक्त प्रयासले कार्यक्रमलाई उच्चस्तरीय बनाउने विश्वास गरिएको छ।

यस शोको विशेष आकर्षणका रूपमा विभिन्न क्षेत्रका चर्चित अतिथिहरू सहभागी हुनेछन्, जसलाई कार्यक्रममा उपस्थित कलाकारहरूले रोस्ट गर्नेछन्।कार्यक्रमले नेपाली दर्शकमाझ रोस्ट शैलीको मनोरञ्जनलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। चैतको तेस्रो सातादेखि ‘विशाल गौतम’ नामक युट्युव चयनलमा प्रसारण हुने उक्त सोका निर्देशन तथा होस्ट बिशाल गौतमले बताए । सो को छायांकन ह्याप्पी क्लब मैतेदेवीमा चैत्र १२ गतेदेखि हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>