माैसम

यस्तो छ आजको मौसम पूर्वानुमान, यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना

Banner

काठमाडौँ, चैत ५-

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।देशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ, कोशी प्रदेशको पहाडी भूभाग र मधेसमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

 

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागलगायत सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा चट्याङ्ग र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ।

 

आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी तराई भू९भागमा आंशिक बादल रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा बागमती र कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्ग र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>