देश/प्रदेश
महाकाली नदी किनारमा एक महिला मृत फेला
०

दशरथचन्द (बैतडी), फागुन २९ –
बैतडीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको दशरथचन्द नगरपालिका–८ झुलाघाट नहिकैको धारीघाटको महाकाली नदी किनारमा महिला मृत फेला परेकी हुन् ।
भारत घर भई बैतडीको दशरथचन्द नगरपालिका–८ माइत भएकी ३८ वर्षीया दीपा महर रहेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक, सुरज सिंहले जानकारी दिनुभयो ।
बिहीबार बिहान मृत फेला परेकी महरको शव शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























