देश/प्रदेश
हत्या अभियोगमा पक्राउ
०

काठमाडौँ, फागुन २९-
धरान उपमहानगरपालिका–५ देउरालीका ७२ वर्षीय सुरेन श्रेष्ठको हत्या अभियोगमा सोही उपमहानगरपालिका–१५ का वर्षीय भरत विक पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार आपसी वादविवादको क्रममा भरतले कुटपिट गर्दा गम्भीर घाइते भएका सुरेनको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको खबर प्राप्त हुनासाथ उनलाई बिहीबार पक्राउ गरिएको हो ।
यसैबीच, चोरी मुद्दाका फरार प्रतिवादी पुतलीबजार नगरपालिका–१४ सतौका ३८ वर्षीय पूर्णबहादुर लामिछानेलाई पक्राउ गरिएको छ । उनलाई फैसला कार्यान्वयनका लागि बिहीबार जिल्ला अदालतमा पेस गरिएको उक्त समाचारकक्षले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























