देश/प्रदेश
जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
०

महेन्द्रनगर, फागुन २८ –
पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
महेन्द्रनगरबाट अत्तरियातर्फ गइरहेको से १ ज १४०५ बोलेरो जिप र विपरीत दिशाबाट आइरहेको म २ प ३५०६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको बताउनुभयो । “घटनाको विस्तृत विवरण आउन बाँकी छ”, प्रहरी निरीक्षक थापाले भन्नुभयो, “मोटरसाइकल चालक र सवारको मृत्यु भएपनि पहिचान खुल्न सकेको छैन् ।”
प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























