चितवन विशेष
माडीका महिलाहरुले भनेः माडीको विकासमा कांग्रेसको योगदान अतुलनिय

चितवन, फागुन ७–
चितवनको दक्षिणी भेग अवस्थित माडीको बिकासका लागि नेपाली काँग्रेसको योेगदान अतुलनिय रहेको महिला मतदाताहरुले बताएका छन् । नेपाली काँग्रेस माडी नगर समितिले बिहीबार आयोजना गरेको महिला भेलामा बोल्ने अगुवा महिलाहरुले माडीको बिकासमा काँग्रेसका तत्कालिन सभापति गिरिजा प्रसाद कोइरालाले पुर्याएको योगदानको चर्चा गर्दै काँग्रेसका पक्षमा उभिन आग्रह गरेका हुन् ।
माडी क्षेत्रका बासिन्दाहरुले पाएको दुःखमा काँग्रेस नेताहरु सधै साथमा रहेको बताउँदै उहाँहरुले यस पटक बदलिएको काँग्रेसलाई मतदान गर्न सबै महिलाहरुलाई आग्रह गरेका थिए । चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको माडी क्षेत्रलाई भरतपुरसँग सिधा सडक सञ्जालमार्फत जोड्ने राप्ती नदीमाथिको पुल सञ्चालनमा नआउँदा यस क्षेत्रका जनताले पाएको दुःख सम्झैदै उनीहरुले पुल निर्माणमा योगदान पुर्याएको काँग्रेसलाई यसपलि बिजयी गराउने प्रतिवद्धता समेत जनाएका थिए ।
कार्यक्रममा बोल्दै माहिला अगुवा सविता बरालले पुल संञ्चालनमा आएपछि स्थानीयवासीको जीवनशैलीमा उल्लेखनीय परिवर्तन आएको बताउनुभयो । वर्षौँसम्म डुंगा र जोखिमपूर्ण अस्थायी साधन प्रयोग गरेर नदी पार गर्न बाध्य माडीबासी अहिले स्थायी पुलमार्फत सहज आवतजावत गर्न सक्ने भएको बताउँदै उहाँले वर्षातको समयमा हुने समस्याबाट माडीबासी मुक्त भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले माडी भरतपुर आवतजावतमा कुनै समस्या छैन । यसको जस काँग्रेसलाई दिनुपर्छ ।” यसको पहल अहिले प्रतिनिधि सभा उम्मेदवार रहेका टेकप्रसाद गुरुङ्को अतुलनिय रहेको उहाँले बताउनुभयो । बाढीका कारण वर्षायाममा पूर्ण रूपमा अवरुद्ध हुने यातायात समस्या अन्त्य भएसँगै माडी क्षेत्र विकासको मूलधारमा जोडिएको स्थानीयहरूको भनाइ छ ।
पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आएको नेपाली कांग्रेसले लोकतन्त्र स्थापनापछि देशभर सडक तथा पुल सञ्जाल विस्तारलाई जोड दिँदै आएको नेपाली काँग्रेस क्षेत्र नम्बर ३ की प्रदेश सदस्य जानुका कार्कीले बताउनुभयो । ग्रामीण तथा दुर्गम क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने दीर्घकालीन नीतिले नै माडी जस्ता क्षेत्रका लागि पुल निर्माणको आधार तयार पािरएको उहाँले बताउनुभयो ।
महिला भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार टेकप्रसाद गुरुङ्ले पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाले आफ्नो कार्यकालमा पूर्वाधार विकासलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्थापित गरेको बताउनुभयो । कोइरालाकै पहलमा राप्ती ननी माथिको पुल बनिसके पछि अन्य बिकासका कामहरुले तिब्रता पाउन थालेको उहाँले बताउनुभयो ।
महिला भेला सुकमिया महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी क्षेत्रहरुका अगुवा महिलाहरुको सहभागिता रहेको थियो ।


























