चितवन विशेष

चितवनमा मिनी ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

Banner

चितवन, माघ २४–

चितवनमा मिनी ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ ६ः३० बजेको समयमा भएको दुर्घटनामा परी गम्भिर घाइते भएका मोटरसाइकल चालक भरतपुर–१६ का २८ वर्षीय कुलबहादुर मगरको उपचारको क्रममा आज विहान चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

भरतपुर–१६ छाहारी चोक नजिकै ना६ख ६३१६ नम्बरको मिनि ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना ३१ प २११४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । गम्भिर घाइते भएका मगरलाई उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएकोमा आज विहान १ः५१ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रक चालक भरतपुर–१ रामनगर बस्ने वर्ष ५२ का अमर थापालाई वडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको छ ।

तस्वीरः एआई

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>