देश/प्रदेश

प्रदेशसभा सदस्यबाट डा जोशीको राजीनामा

Banner

गोदावरी (कैलाली), माघ ५ –

सुदूरपश्चिम प्रदेशसभा सदस्य डा तारा जोशीले प्रदेशसभा सदस्यबाट राजीनामा दिनुभएको छ ।

डडेल्धुरा प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभामा विजयी हुनुभएका डा जोशीलाई राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले डडेल्धुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएपछि उहाँले राजीनामा दिनुभएको हो । प्रदेशसभा सदस्य रहँदै प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएपछि उहाँले आइतबार इमेलमार्फत राजीनामा दिनुभएको सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

पछिल्लो समय उज्यालो नेपाल पार्टीमा जोडिनुभएका डा जोशी रास्वपासँगको एकता टुटेपछि पनि एकताको पक्षमा उभिँदै रास्वपामै रहनुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>