देश/प्रदेश

बनियाँद्वारा प्रदेशसभा सदस्य पदबाट राजीनामा

Banner

देवदह (रुपन्देही), माघ ५ –

लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियाँले पदबाट राजीनामा दिनुभएको छ । २०७९ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नं ४ (१) मा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबाट प्रदेशसभा सदस्यमा निर्वाचित बनियाँले आजदेखि लागू हुनेगरी राजीनामा दिनुभएको हो ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसमक्ष राजीनामा पत्र बुझाएको उहाँले जानकारी दिनुभयो । राजीनामा दिनुभएका बनियाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही–४ बाट उम्मेदवारी दिने जानकारी दिनुभयो । “पदमा हुँदा लुम्बिनी प्रदेश र सम्पूर्ण मर्चवारवासीको हितमा इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु,” उहाँले भन्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>