चितवन विशेष

चितवनमा माघ २ गतेदेखि कृषि सम्बन्धी बृहत अन्तराष्ट्रिय प्रद्र्धशनी हुने

Banner

चितवन, पुस ३०-

चितवनमा कृषि क्षेत्र सम्बन्धी बृहत अन्तराष्ट्रिय प्रद्र्धशनी ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ हुने भएको छ । कृषि क्षेत्रको आधुनिकीकरण तथा नविन प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मिडिया स्पेस सोलुसन प्रा.लि. र फुचुरेक्स टे«ड फेयर इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा यही माघ २ गतेदेखि एक्स्पो हुन लागेको हो ।

चितवन उद्योग संघको अन्तराष्ट्रिय प्रद्र्धशनी केन्द्रमा हुन लागेको एक्स्पो माघ ४ गतेसम्म सञ्चालन हुने आज आयोजकले भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । कार्यक्रममा देशभरका कृषक, कृषि उद्यमी, लगानीकर्ता, सहकारी संस्था सरोकारावाला निकाय तथा व्यावसायीक प्रतिष्ठानहरुको सहभागिता रहने मिडिया स्पेस सोलुसन्स् प्रालिका प्रबन्ध निर्देशक सृजन भट्टराईले जानकारी दिए ।

तीन दिनसम्म चल्ने यस प्रद्र्धशनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका कृषि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ । भट्टराईका अनुसार आधुनिक कृषि प्रविधि, उत्पादन तथा सेवाहरुको सयभन्दा बढी स्टल रहनेछन् । प्रर्दशनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई भैँसी पालन, डेरी व्यवसाय, कृषि औजार तथा उपकरण, कृषियन्त्र, पशु स्वास्थ्य तथा पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फूड प्रोसेसिङ, कीटनाशक, मल, बीऊ बिजन, कृषि तालिम तथा वित्तीय समाधान सम्बन्धी विस्तृत जानकारी पाउन सकिने उनले बताए ।

एक्स्पोले नेपालको कृषि क्षेत्रका लागि उपयुक्त नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत पुर्याउने, तीनको प्रयोगमार्फत कृषि उत्पादन बृद्धि गर्ने र दीर्घकालिन रुपमा मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बनाउने दिशामा कोशेढुंगा सावित हुने अपेक्षा लिइएको चितवन उद्योग संंघका उपप्रमुख नरेन्द्र अधिकारीले जानकारी दिए । यस अन्तराष्ट्रिय प्रद्र्धशनीको प्रवद्र्धक संस्थाको रुपमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगर्ततको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ । त्यसैगरी राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड, राष्ट्रिय कृषक समुह महासंघ, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा चितवन उद्योग संघ सहयोगी संस्थाको रुपमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>