चितवन विशेष

ज्योतिष परिषद नेपालको प्रथम राष्ट्रिय महाधिवेशन देवघाटमा हुने

Banner

चितवन, पुस ३०-

ज्योतिष परिषद नेपालको प्रथम राष्ट्रिय महाधिवेशन देवघाटमा हुने भएको छ । ज्योतिष, धार्मिक, सांस्कृतिक तथा पराम्परिक गतिविधिका बारेमा शास्त्रीय चिन्तन र सामूहिक थलो विकाश गर्ने उद्देश्यले यही माघ २ र ३ गते प्रथम राष्ट्रिय महाधिवेशन हुन लागेको हो ।

ज्योतिष, धार्मिक, सांस्कृतिक तथा पराम्परिक गतिविधिलाई पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले महाधिवेशन गर्न लागिएको आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईएको छ ।

हरिकीर्तन वैदिक धर्मशालामा हुने महाधिवेशनमा तीन वटा कार्यपत्र पेश समेत हुनेछन् । डा.उपप्राध्यापक नारायणप्रसाद निरौलाले सौर्य र केतकी पञ्चाङ्गको विमर्श, प्राध्यापक कपिल अज्ञातले कुण्डली विज्ञान अनुसार पञ्चम भाव विद्या र विदेश भाव र सहप्राध्यापक दिननाथ पण्डितले धर्म र ज्योतिषसँगको अन्योन्याश्रित सम्बन्धका विषयमा कार्यक्रपत्र पेश गर्ने तालिका रहेका छ ।

महाधिवेशनबाट पञ्चाङ्ग प्रकाशनमा भएका मतान्तरलाई निक्र्यौल गर्ने कार्यक्रम रहेको महासचिव आचार्य केशव गौतमले जानकारी दिए । उनका अनुसार महाधिवेशनमा ४६ जिल्लाका करिब पाँच सय जना प्रतिनिधिको सहभागिता रहनेछ । कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकाल प्रमुख अतिथि रहने कार्यक्रम रहेको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>