चितवन विशेष

मुग्लिन–आँबुखैरेनी खण्डमा मस्र्याङ्दी पारि समानान्तर सडक निर्माण गरिँदै

Banner

चितवन, पुस २९-
पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा मस्र्याङ्दी नदी पारि नयाँ सडक निर्माण गरिँदैछ । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत आँबुखैरेनी–पोखरा खण्डमा निर्माणको काम अन्तिम चरणतर्फ पुगेको छ । मुग्लिन–आँबुखैरेनी खण्ड अन्तर्गत कुल ९.३८४ किलोमिटर सडकको काम भने अब सुरु गर्ने तयारी छ ।

यस खण्डमा मस्र्याङ्दी नदी पारिपट्टि गोरखा जिल्लामा कुल ४.४५६ किलोमिटर नयाँ सडक निर्माण गर्न लागिएको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको रेखांकन गरी सडक सीमा तोक्ने निर्णय मन्त्रिपरिषदबाट भएको जानकारी गराएको छ । मन्त्रालयका अनुसार मुग्लिनदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तर मुग्लिन बजारको पारिपट्टि त्रिशूली किनार (गोरखातर्फ) मस्र्याङ्दी नदीको बाँया किनार हुँदै मस्र्याङ्दी विद्युत् गृहको पारिपट्टिसम्म थप सडकको रेखांकन गरिएको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>