चितवन विशेष

चितवनको खैरहनीका देव बहादुर उत्कृष्ट मौरीपालक किसान घोषित

Banner

चितवन, पुस २७-
चितवनको खैरहनी नगरपालिका–४का देव बहादुर बस्नेत उत्कृष्ट मौरीपालक कृषकका रुपमा छनोट भएका छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन ईकाई चितवनले दुई दशक बढी मौरीपालन गरिरहेका बस्नेतलाई उत्कृष्ट किसानको रुपमा छनोट गरेको हो ।

उत्कृष्ट छनोटमा परेका बस्नेतलाई रत्ननगर महोत्सव भित्र जारी चितवन दोस्रो मह उत्सवमा एक कार्यक्रमका बिच राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका निर्देशक हिक्मत कुमार श्रेष्ठले पुरस्कृत समेत गर्नुभएको छ । पुरस्कृत गर्दै श्रेष्ठले कृषि कर्मबाट राष्ट्रका लागि योगदान पु¥याएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो । पुरस्कृत किसान बस्नेतले पाँच हजार रुपैयाँ समेत प्राप्त गर्नुभएको छ । बस्नेत २०६० सालदेखि मौरीपालक व्यवसायमा लाग्नुभएको थियो । उहाँले मह उत्पादनसँगै विक्री वितरण तथा मौरी तालिम सम्बन्धी किसानहरुलाई सहजिकरण गरेको भन्दै उत्कृष्ट कृषकका रुपमा पुरस्कृत गरिएको कार्यालय प्रमुख महेश रेग्मीले जानाकारी दिनुभयो । ‘स्वदेशमा उत्पादित स्थानीय महको खरिद गरी बजारिकरणमा उहाँको ठुलो भूमिका छ । उहाँले करिव २ सय मौरीघारबाट बर्षेनि सय टन उत्पादन गर्नुहुन्छ,’ कार्यालय प्रमुख रेग्मीले भन्नुभयो ‘आफ्नो उत्पादनसँग सँगै अन्य कृषकहरुको उत्पादनको बिक्री वितरणमा सहजिकरण समेत गर्नुहुन्छ।’

कार्यालयले मौरीपालन क्षेत्रको अनुभव र क्षेत्रगत योगदान, मौरीपालन सम्बन्धी तालिम तथा प्रचारप्रसार, असल मौरीपालन अभ्यास, महको मुल्य अभिवृद्धि तथा बजारिकरणमा योगदान तथा मौरी संरक्षण सुधारमा योगदान लगायतका विषयलाई लिएर उत्कृष्ट किसान छनोटको मापदण्ड बनाएको थियो ।

रानो मौरीको उत्पादन गर्दै आएका बस्नेतले स्थानीय सेरेना जातको मौरीपालन गरी स्थानीय जातको प्रवद्र्धन सँगै आधुनिक मौरी घारका विभिन्न सञ्जालहरु तयार गरी मौरीपालन क्षेत्रमा योगदान पु¥याएका छन् । पुरस्कृत हुन पाउँदा आफूलाई खुशी लागेको उहाँले बताउनुभयो । ‘लामो समय मौरीपालन क्षेत्रमा लागे । काम गर्दै गएपछि राज्यले मुल्यांकन गर्दो रैछ,’ उहाँले भन्नुभयो ‘सम्मानित हुन पाउँदा ज्यादै खुसी लागेको छ।’ कृषि आधुनिकीकरण कार्यक्रमले रत्ननगर महोत्सव भित्र मह उत्सव गर्दै आएको छ । सो अवसरमा हाजिरि जवाफ प्रतियोगिता तथा चाखेर मह पत्ता लगाउने प्रतियोगिता जस्ता विभिन्न कार्यक्रम गरिरहेको छ । स्थानप्य महको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यालयले निःशुल्क मह चाख्ने व्यवस्था समेत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>